स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु

स्याङ्जा | साउन ११, २०७९

स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु


स्याङ्जा  : एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । 

 

 

सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवरले बताउनु भयो । एक वर्षको अवधिमा १४ पुरुष, १५ महिला, दुई बालक र दुई बालिका गरी ३३ जना गम्भीर घाइते भएका थिए भने १५ जना मध्यम घाइते भएका थिए ।

 

 

आव २०७७/७८ मा स्याङ्जामा १६ सवारी साधन दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । विभिन्न दुर्घटनामा १२ पुरुष, दुई महिला, दुई बालकको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते र पाँचजना मध्यम घाइते भएका थिए ।

 

 

आव २०७७/७८ मा भन्दा गत आव २०७८/७९ मा २४ धेरैले ज्यान गुमाएका छन् । गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वालिङ/१४ अर्खलवासस्थित ग्रामीण सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

 

 

त्यस्तै आव २०७६/७७ मा स्याङ्जामा १५ सवारी साधन दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार पुरुष, तीन महिला र दुई बालबालिका थिए । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा स्याङ्जामा सवारी दुर्घटना, मृत्यु र घाइतेको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।

 

 

ग्रामीण भेगमा ट्राफिक प्रहरीको निगरानी पुग्न नसक्नु, यात्रु तथा चालकको लापरबाही, पुराना र मर्मत नगरिएका सवारी साधन, कच्ची र ग्रेडिङ नमिलेका ग्रामीण सडकका कारण पनि दुर्घटनामा वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।

 

 

जिल्लामा सवारी साधन दुर्घटना भई अकालमै धेरैको मृत्यु हुन नदिनका लागि ट्राफिक प्रहरीले आव २०७८/७९ मा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी छ सय दुई सचेतना कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख कुँवरले बताउनुभयो । उक्त कार्यक्रममार्फत ४६ हजार ४० जना लाभान्वित भएका कार्यालयले जनाएको छ । आव २०७७÷७८ मा पनि चार सय १२ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ३३ हजार सात सय २५ जना लाभान्वित भएको तथ्याङ्क ट्राफिक कार्यालयमा रहेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

थप पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...

थप पढ्नुहोस्

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्